सिरहा । सिरहा नगरपालिका १७ माडरमा सञ्चालनमा रहेको अपन फ्यामिली मार्ट सपिङ सेन्टरमा म्याद गुज्रेका सामग्री फेला परेको छ ।
म्याद गुज्रेका समान विक्रि वितरण गरेको उपभोक्ताको गुनासोपछि जिल्ला प्रशासन कार्यालय सिरहा नेतृत्वमा पुगेको अनुगमन टोलीले अनुगमनका क्रममा ठूलो मात्रामा म्याद गुज्रेका खाद्यन्न सामग्री बरामद गरेको छ । अनुगमनका क्रममा सवैभन्दा वढी बालबालिकाले प्रयोग गर्ने खाद्यन्न सामग्री म्याद गुज्रिएको फेला परेको छ । पेयपदार्थ जुस, विभिन्न ब्राण्डका चकलेट, बालबालिकाको पोषणमा प्रयोग गरिने खाद्यन्न, विस्कुट, सूजी, ध्यू, विभिन्न प्रकारमा मसाला जस्ता विभिन्न खाद्यन्न सामग्री बरामद भएको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा दिनेश भट्टराईले बताएका छन् ।

अनुगमनका क्रममा पुगेका वडा प्रहरी कार्यालय सिरहाको प्रहरी टोली, जिल्ला प्रशासन कार्यालयको टोली, पत्रकार, जिल्ला प्रहरी र वडा प्रहरी कार्यालय सिरहा ‘ख’ लगायतले अनुगमनको क्रममा ठूलो मात्रामा खाद्यन्न र पेय पदार्थ म्याद गुज्रेका फेला परेको नायव सुब्बा भट्टराईले बताएका छन् ।
सिरहा नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष धिरेन्द्र प्रसाद मोरबैताको त्यो सपिङ मलमा उपभोक्तालाई स्वास्थ्यमा असर हुने गरी महिनौ म्याद गुज्रिएका खाद्यन्न सामग्री विक्रि वितरण भईरहेको अनुगमनका क्रममा फेला परेको म्याद गुज्रेका खाद्यन्न सामग्रीबाट पुष्टि भएको छ ।

जनप्रतिनिधिहरुले नागरिकको स्वास्थ्य, शिक्षा लगायतका अधारभूत क्षेत्रमा विशेष ध्यान र जोड दिनुपर्नेमा आफैंले सञ्चालन गरेको सपिङ सेन्टरमा म्याद गुज्रिएका समान महिनौ दिनसम्म विक्रि वितरण भईरहँदा अनुगमन नगर्नु गम्भीर लापरबाही रहेको छ । अनुगमन टोली अनुगमन गर्न अपन फ्यामिली मार्ट सपिङ सेन्टरमा पुगेपछि सपिङ सेन्टरमै रहेको वडा अध्यक्ष मोरबैता सहजीकरण नगरी बाहिरिएका थिए । आफू जोगिन खोजेर उनी उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड हुनेगरी त्यस सपिङ सेन्टरबाट बाहिरिएका थिए ।
अनुगमन टोलीले ३÷४ घण्टा लगाएर अनुगमन गर्ने क्रममा लुकाई रहेको म्याद गुज्रिएको समानहरु पनि बरामद गरेको थियो । अनुगमनको क्रममा ठूलो मात्रामा म्याद गुज्रिएका खाद्यन्न सामग्री बरामद गरि जिल्ला प्रहरी कार्यालय पुर्याएको नायव सुब्बा भट्टराईले बताए । बरामद गरिएको खाद्यन्न सामग्रीमा अधिकांस बालबालिकाले खाने नै रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय