सिरहा । गत साता सिरहा–चोहर्वा सडक खण्डमा भारतीय नम्बर प्लेटको गाडीले ठक्कर दिएपछि तस्करीको कपडा रहेको खुलासा भएको थियो । सो भारतीय नम्बर प्लेटको गाडी सिरहा भन्सार कार्यालय माडर भएर नेपाल प्रवेश गरेको थियो । जसमा करिब १ लाख बराबरीको लत्ताकपडा तस्करी गरी लग्दै थियो । तस्करीको यो एउटा उदाहरण मात्र हो ।

सिरहा जिल्लामा अहिले तस्करी व्यापक रुपमा फस्टाएको छ । मोटरसाईकल र साईकलमा दैनिक विभिन्न नाका भएर करौडौको समान भारतबाट भन्सार छलेर नेपाल दैनिक रुपमा भित्र्याउने गरेको छ । तस्करी फस्टाएको जनाउ दिने एउटा प्रमुख भन्सार असुलीको तथ्यांकले पनि बताउने गरेको छ । मुख्य भन्सार कार्यालय सिरहा, छोटी भन्सारको रुपमा रहेको ठाँडी र बरियारपट्टीबाट राजश्व असुली आर्थिक वर्ष २०७८/०७९ मा अत्यन्त कम देखिएको छ । भन्सार विभागले दिएको राजश्व लक्ष्य यी भन्सार कार्यालयहरुले उठाउन सकेको छैन् ।

सिरहा भन्सार कार्यालय माडरले राजश्व असुली लक्ष्यको ४८ प्रतिशत र ठाँडी भन्सार कार्यालयले ३७ प्रतिशत मात्र गरेको छ । यसले सिरहा जिल्लामा तस्करी फस्टाएको प्रष्ट संकेत गरेको छ । सिरहाका मुख्य बजारहरुमा भारतबाट तस्करी गरी ल्याएका लत्ताकपडादेखि विभिन्न सामग्री पाईने गरिन्छ । प्रहरीकै संरक्षणमा सिरहा जिल्लामा तस्करी फस्टाएको जानकारहरु बताउँछन् । कतै कतै प्रहरी टोलीले नै तस्करलार्ई स्कर्टिङ गरी तस्करीका समान गन्त्वय सम्म पुर्याउन सघाउने गरेको पाईन्छ ।

सिरहा जिल्लामा तस्करी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले हरियो झण्डा तस्करहरुलाई देखाएको छ । मासिक मोटो रकम असुल्दै आएका प्रहरीले तस्करीलाई मलजल गर्ने गरेको जानकारहरु बताउँछन् । यसैले सिरहा जिल्लाको राजश्व असुली घटेको बरियारपट्टीका एक जना स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय