सिरहा । जिल्ला सदरमुकम सिरहामा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको पूरानो भवन जीर्ण भएपछि नयाँ भवन निर्माण गर्न टेण्डर खुल्यो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाले भवन निर्माण गर्न सबै परिक्रिया पुरा गरी २२ भदौं २०७८ मा विकास/रामजानकी जे.भी. रामनगर–७ मिर्चैयासँग २ करोड एक लाख ७२ हजार ४३८ रुपैयाँमा दुई वर्षमा भवन निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो ।
भवन निर्माण कार्यको सम्झौता भएपछि मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवले १६ असोज २०७८ मा निर्माण कार्यको सिल्यानाश गरेका थिए । भवन शिल्यानाश गर्ने बेलामा निर्माण कम्पनी विकास÷रामजानकी जे.भी.ले वर्षदिन भित्र पहिलो तल्लाको भवन निर्माण पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । निर्माण व्यवसायीको प्रतिबद्धता र मागको आधारमा कार्यालयले १७ लाख ५० हजार पेश्की उपलब्ध गराएको छ । निर्माण कम्पनीले पेश्की पनि लिईसक्दा भवन निर्माणको काम नै सुरु गरेको छैन् । भवन निर्माण गर्न आवश्यक पर्ने जग (खाल्डो) समेत खन्न सकेको छैन ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाको प्रशासनिक भवन पुरानो भई काम लाग्ने छैन् । भवनको छत जीर्ण भएकोले पटक पटक उप्किएर तल झर्ने गरेको छ । छत जीर्ण भएर स–सानो टुक्रा तल छर्दा कर्मचारी र सेवाग्राहीलाई चोटपटक लाग्ने छ ।
उक्त कार्यालयका सूचना अधिकारी गोविन्द मिश्रले आफूहरु कार्यालयमा भयभित भएर सेवा प्रवाह गर्दै आएको बताएका छन् । ‘कतिखेर भवनको छतबाट टाउकोमा खस्ने हो भन्ने ठेगान छैन,‘मिश्रले भने,‘कहिले काही हेलमेट लगाएर त कहिले रुखमुनि बसेर सेवाग्राहीलाई सेवा प्रदान गर्न बाध्य हुन्छौं ।’
यता भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाका प्रमुख सन्तोष कुमार सिंहले पुरानो भवन काम नलाग्ने भएर नयाँ भवन बनाउन ठेक्का समेत लागेको तर निर्माण व्यवसायीले काम सुरु नगरेको बताएाका छन् । काम समयमै सक्ने गरी कार्यालयले निमानुसार निर्माण व्यवसायीलाई पेश्की उपलब्ध गराएको भन्दै कार्यालय प्रमुख साहले भने,‘निर्माण व्यवसायीले आश्वासन बाहेक कुनै काम गरेको छैन ।’
निर्माण व्यवसायीले गत असार महिनामा आएर केही थान रड झारेको भन्दै कार्यालय प्रमुख साहले चाँडै भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेकोले पर्खिरहेका बताए ।
कार्यालय प्रमुखकै मिलोमतोले निर्माण कम्पनीले भवन निर्माणको काम सुरु गरेको छैन् । कमिसनको सेटिङ देखिएकोले निर्माणमा ढिलाई हुँदा कुनै कारबाही प्रकृया अगाडी नबढाईएको एक निर्माण व्यवसायीले अपन दैनिकलाई बताए । ‘पेश्की पनि लिने तर काम पनि सुरु गर्न कुनै वास्ता नगर्नु भनेको मिलोमतो हो,’ ती निर्माण व्यवसायीले भने,‘शिल्यानाश गरेको पनि महिनौ वित्यो । कुनै अवरोध छैन् । तर पनि काम सुरु नभएको कुराले मिलोमतोको प्रष्ट आधार देखिन्छ ।’



