सिरहा नगरपालिकाका नगर प्रमुख डा नविन कुमार यादवले काँग्रेस नेता प्रदीप गिरिको निधनमा दुःख व्यक्त गरेका छन् । ‘वौद्धिक व्यक्तित्व, वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली काँग्रेसका नेता प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ’, नगर प्रमुख डा यादवले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
गिरीको निधनबाट समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति भएको पनि प्रचण्डले भनेका छन् । प्रचण्डले गिरिप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गरेका छन् ।




