सिरहा । सिरहा क्षेत्र नम्बर १ का साँसद तथा नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ ।
७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।
नेता गिरीको शनिबार राति ९ः३६ मा निधन भएको अस्पतालका एक अधिकारीले बताए ।




