नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको छ । नेपाली काँग्रेस संसदीय दलले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो ।
संसदीय दलका सचेतक मीन बहादुर विश्वकर्माले जारी गरेको विज्ञप्तिमा उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । गिरिको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार हुँदै आएको छ ।




