सिरहा । लहान प्रहरीले प्रतिबन्धित लागूऔषध गाजा सहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोप्य सूचनाको आधारमा को १ च ७५७७ नम्बर कोएम्बुलेन्स लाई खानतलासी गर्दा प्रतिबन्धित लागू औषध ९० किलो गाजा बरामद भएको प्रहरीले जनाएको हो । प्रहरीले अहिले एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरि कार्यालय लाहानका डिएसपी कुमार मैनालीको कमाण्ड खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध गाजा बरामद गरेको हो । चालक र एम्बुलेन्स गाजा सहित ईलाका प्रहरी कार्यलय लहान मा रखेको ईलाका प्रहरि कार्यालय लाहानका डिएसपी कुमार मैनालीले बताएका छन । पुर्व पछिम लोकमार्गमा पछिमबाट पुर्व जाँदै गरेको एम्बुलेन्सलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको अगाडि बाट पक्राउ गरेको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी कुमार मैनालीले बताएका छन ।




