काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रम तत्काल कार्यान्वयन गर्ने बताएका छन्।
आइतबार काठमाडौँमा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रम कार्यान्वयन विषय परामर्श गोष्ठीमा बोल्दै मन्त्री कुँवरले यस्तो बताएका हुन्।

उनले सरकारले उक्त कार्यक्रममा वैदेशिक रोजगारदाताहरुको सहयोग,अनुदान र लगानीमा आकर्षित गर्ने गरी प्रावधानहरु राखिएको बताए।
मन्त्री कुँवरले वैदेशिक रोजगारबाट फर्किएका तर पुँजी नभएका श्रमिकहरुलाई पनि यो कार्यक्रममा समावेश गरेर अगाडि बढ्ने बताए। उनले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रमप्रति अहिले नै नकारात्मक कुरा गर्न राम्रो नहुने बताए।
उनले भने, ‘वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रममा सरकारले गैरसहकारी संस्थाहरुलाई पनि जोडेका छौँ। वैदेशिक रोजगारदाताहरुको सहयोग,अनुदान र लगानीमा आकर्षित गर्ने गरी नीतिमा प्रावधानहरु राखिएको छ। विदेशबाट फर्किएकाहरुसँग पुँजी नभएकाहरुलाई पनि यो कार्यक्रममा समावेश गर्ने विषयमा समेटेको छ। वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रमप्रति नकारात्मक कुरा गर्न राम्रो हुँदैन। उक्त कार्यक्रम कायान्वयनका सन्दर्भमा अरुण तेस्रोजस्तै हुन्छ। वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रममा कार्यान्वयन गर्न सबै मिलेर लाग्यौँ। तत्काल कार्यान्वयनको तहमा पुग्यौँ। वैदेशिक रोजगारबाट नेपाल फर्केर उद्यम गरिरहेकाहरुसँग अन्तक्रिया गरेर अगाडि बढ्नुपर्छ।’
मन्त्री कुँवरले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रम कार्यान्वयन गर्न सबै मिलेर लाग्न आवश्यक रहेको बताए। उनले वैदेशीक रोजगारबाट नेपाल फर्केर उद्यम गरिरहेकाहरुसँग पनि समन्वय गरेर कार्यक्रम कार्यान्वयनमा लैजाने बताए।



