लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद राजेन्द्र महतोले पार्टी सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने विषयको चाँडै टुंगो लाग्ने बताएका छन् । मंगलवार संसद् बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले लासपा र गठबन्धनबीच सरकारमा सहभागी हुने र आगामी निर्वाचनमा गठबन्धन गर्ने कुरामा छलफल भइरहेको जानकारी दिए ।

उनले छलफल सकारात्मक रहेको र अबको केही दिनमा नै टुंगो लाग्ने बताए । महतोले जनता समाजवादी पार्टीसँग बसेर काम गरिसकेकोले सरकारमा सँगै बस्नको लागि कुनै कठीन नरहेको बताए ।

‘हामी चुनावको तयारीमा लागिसकेका छाँै । गठबन्धनको सवाल पनि उठिरहेको छ । तर अहिले ५ दलीय जुन गठबन्धन हो त्यो गठबन्धनको तर्फबाट आमन्त्रण आइरहेको छ । कुरा पनि भइरहेको छ । चाँडै यो विषयमा हामी टुंगोमा पुग्नेछौँ’,  उनले भने, ‘छैटौँ दलको रूपमा गठबन्धनमा जाने हो वा होइन चाँडै हामी टुंगोमा पुग्छौँ । जसपा र हामी एउटै सरकारमा बसेर जान केही गाह्रो छैन । सरकारको कुरा पनि भइरहेको छ ।’

लोसपा, जसपाबाट अलग भई गठन भएको पार्टी हो । महन्थ ठाकुरले पार्टी फुटाई लोसपा गठन गरेका हुन् । हालै विभाजन भएको पार्टीबीच सहकार्य हुन नसक्ने टिप्पणी भइरहेकाले लोसपा नेता महतोले सँगै बसेर काम गर्न केही गाह्रो नभएको प्रतिक्रिया दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!