नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई गठबन्धनमा ल्याउनुपर्ने प्रस्ताव गरेका छन् ।  हालै भारत भ्रमणबाट फर्केका निधिले काँग्रेस पार्टीको आज बसेको शीर्ष नेताहरूको बैठकमा सो प्रस्ताव राखेका हुन् ।

पाँच दलीय गठबन्धनका साथै सकारमा जानका लागि पनि लोसपा ​तयार रहेको छ । तर गठबन्धनमा रहेका दलहरूको बीचमा कुरा नमिलेको कारण त्यो सफल हुन सकिरहेको छैन । हिजो मात्रै लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका शीर्ष नेताले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा छलफल गरेका थिए । प्रधानमन्त्री देउवाले आफू लोसपालाई सरकार तथा गठबन्धनमा ल्याउन तयार रहेको तर यो विषय गठबन्धनबाट निर्णय हुनुपर्ने बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापानबाट फर्केपछि यो विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय