पोखरा । नेकपा एमालेकी सचिव पद्मा अर्यालले विगतको भन्दा धेरै ज्यादतीका साथ सरकारले चुनाव गराउन लागेको आरोप लगाएकी छन् ।
आगामी चुनावलाई लक्षित गरी गठबन्धन पार्टीका जिल्ला सभापतिले गरेको सिफारिसको आधारमा गृहमन्त्रीको अगाडि कसम खुवाएर प्रमुख जिल्ला अधिकारीहरुलाई खटनपटन गराउन काममा सरकार लागेको आरोप उनले लगाइन् ।




