सिरहा । नागरिकता पाउन विभेद झेल्नु पर्ने विषयलाई केन्द्रीत गरी सिरहामा ढकियामे नागरिकता नामक नाटक प्रर्दशनी गरिएको छ ।
सरिता फाउन्डेशनको आयोजनामा सिरहा पुस्तकालयमा सवा घण्टा जति प्रर्दशन गरिएको नाटकमा नागरिकता पाउन दुःख कष्ट, यातना र आत्महत्या गर्नुपर्ने अवस्था आएपछि पनि नागरिकता पाउन नसक्ने कुरालाई उजागर गरेको हो । यसमा निर्वाचित जनप्रतिनिधि, नेता र कर्मचारीबाट पाईने सास्ती र कानूनी उल्झनले गर्दा नागरिकता विहिनताको अवस्थामा अवसर गुमाउनु पर्ने, शिक्षा आर्जनबाट विमुख हुनुपर्ने जस्ता विषयलाई नाटकबाट प्रस्तुत गरिएको थियो ।

सरिता साहद्वारा लिखित र निर्देशित नाटक ढकियामे नागरिकता मधेश प्रदेशका विभिन्न जिल्लामा प्रर्दशन भईरहेको छ ।




