इटहरी । इटहरी अस्पतालको तेस्रो वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा एभिन्युजकर्मी दिपक कार्की सहित स्वास्थ्यकर्मीलाई अस्पतालले सम्मान गरेको छ ।
कोरोना कहरका समयमा समेत सक्रियताका साथ मानव स्वास्थ्य सुरक्षाका विषयमा पत्रकारिताका माध्यमबाट योगदान पुर्याएको भन्दै एभिन्युज खवरकर्मी दिपक कार्कीलाई इटहरी अस्पतालले नगद सहित सम्मान गरेको हो । अस्पतालले कोरोना कालमा खटिने अस्पतालका कर्मचारीहरुलाई समेत सम्मान गरेको छ ।

कोरोना कालमा खटिने कर्मचारीहरुमा बेष्ट डिर्पाटमेन्ट अवार्डबाट रेडियोग्राफर सन्तोष कार्की सहित कोरोनाकालमा खटिने स्वास्थ्यकर्मीहरु सिनियर स्वास्थ्यकर्मी दुर्गा बहादुर खड्का, सिनियर अनमी विनु श्रेष्ठ लगायत ९ जनालाई नगद सहित सम्मान गरिएको थियो ।

सम्मानीत हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेल लगायतका अतिथीहरुले सम्मान पत्रले सम्मान गरियो ।
अस्पतालका प्रमुख डां योगेश चेम्जोगंको अध्यक्षतामा भएको तेस्रो वार्षिक उत्सव कार्यक्रममा अस्पताललाई सहयोग गर्नेहरु व्यक्ति तथा संघसंस्थाहरुलाई कदर पत्र प्रदान गरिएको अस्पतालका रामकुमार धमलाले जानकारी दिएका छन ।

सोही कार्यक्रममा उपभोक्तको सहजताकालागी टोकन मेसिन, एक्सरे मेसिन, एक्सरे मेसिन र नयाँ प्रविधी सहितको ल्याव सेवाको पनी उद्घाटन गरीएको प्रसाशन प्रमुख राम कुमार धमलाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!