ADVERTISEMENT
समाचारसुरक्षा/अपराध

राहदानी बनाउने नाममा ठगी तथा कीर्ते गरेको आरोपमा चार जना पक्राउ

ADVERTISEMENT
ADVERTISEMENT

राहदानी विभागमा राहदानी बनाउन आएका व्यक्तिलाई ठगी गरेको आरोप प्रहरीले चार जनालाई पक्राउ गरेको छ । यही साउन ११ गते त्रिपुरेश्वरस्थित विभागमा राहदानी बनाउन आएका सेवाग्राहीहरूलाई ठगी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

ADVERTISEMENT

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची ५ घर भई चावहिल बस्ने ३३ वर्षीय रामबहादुर बोगटी, धनकुटा पाख्रिबास घर भई चावहिल बस्ने २८ वर्षका श्यामकुमार राई, सिन्धुपाल्चोक हेलम्बु २ घर भई चावहिल बस्दै आएका वर्ष २२ का राम पौडेल र गोकर्णेश्वर २ सुन्दरीजल घर भई चावहिलस्थित रोज बर्ड नामक फोटो स्टुडियो सञ्चालन गरी बस्ने वर्ष ४१ का विवेक गुरुङ रहेका छन् ।

उनीहरूले विभागमा आएका सेवाग्राहीलाई तत्कालै राहदानी बनाइ दिने भनी विश्वासमा पारेर नगद रकम लिई ठगी गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ । उनीहरूले विभिन्न किर्ते कागजात बनाई अनलाइन फारम भरिदिने गरेको पनि प्रहरी अनुसन्धानबाट देखिएको छ ।

प्रहरीले उनीहरूले अनलाइन फारम भर्ने प्रयोग गरेका विभिन्न उपकरणहरूसमेत नियन्त्रणमा लिएको छ ।

उनीहरू उपर प्रहरीले ठगी सम्बन्धी कसूर र लिखत सम्बन्धी कसूर महलमा मुद्दा दायर गरेको छ ।

ADVERTISEMENT

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!