सिरहा । सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले वर्षाले सिरहा नगरपालिकाका विभिन्न वडामा भएको क्षति र सम्सयाको जानकारी गराउन सबै वडा अध्यक्षहरुलाई आग्रह गरेका छन् ।
विहान आएको वर्षाले सिरहा नगरपालिकाको २२ वटै वडामा पारेको असरको तथ्यांक संकलन गर्न सवै वडाअध्यक्षहरुलाई मेयर डा यादवले आग्रह गरेका छन् । क्षति र सम्सयाको विवरण संकलन गरी भिडियो र फोटो पनि संकलन गर्न सबै वडा अध्यक्षलाई आग्रह गरेका छन् ।
मनसुनको बेलामा वाढी, डुवानको जोखिम रहेकोले सजग र सचेत रहन र कुनैवडामा कुनै समस्या आएमा तत्काल स्थानिय जनप्रतिनिधी, नगरपालिका वा मेयार डा यादवलाई जानकारी गराउन उनले नगरवासीसँग आग्रह पनि गरेका छन् ।





