समाचार

जिल्ला समन्वय समिति सिरहा नेकपा एमाले र जनता समाजवादी पार्टीवीच तालमेल

ADVERTISEMENT

सिरहा । जिल्ला समन्वय समिति सिरहाको निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टी नेपाल (जसपा) वीच तालमेल गर्ने सहमति बनेको छ । नेकपा एमाले र जसपावीच तालमेल गर्न दुई पार्टीका नेताहरुवीच व्यापक छलफल भएको थियो ।

ADVERTISEMENT

दुवैपार्टीवीच तालमेल मिलाउन नेकपा एमालेका मधेश प्रदेश सह–इन्र्चाज लीलानाथ श्रेष्ठ खटिएका थिए । जसपाका नेताहरुसँग आन्तरीक छलफल गरी सहमतिमा पुगेको हो । नेकपा एमाले–जसपा गठबन्धनवीच तालमेल भएपछि जसपाले जिल्ला समन्वय समितिको प्रमुख र चार जना सदस्य र नेकपा एमालेले उपप्रमुख र पाँच जना सदस्य लिने सहमति गरेको छ । सहमति अनुसार नै दुवै दलबाट शुक्रवार उम्मेदवारी दर्ता गरिएको छ । एमाले–जसपा गठबन्धनबाट प्रमुखमा दिनेश कुमार महतो (जसपा) र उपप्रमुखमा दिलिप लामाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहा अनुसार प्रमुख, उपप्रमुख र ७ जना सदस्य गरी ९ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्न १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

ADVERTISEMENT

जसपा अध्यक्ष अशोक यादवले नेकपा एमालेसँग तालमेल गर्ने सहमति अनुसार मनोनयन दर्ता भएको बताएका छन् । नेपाली काँग्रेसले प्रमुखमा दावी गरेपछि गठबन्धन गर्न नसकिएको भन्दै अध्यक्ष यादवले एमालेसँग सहमति भएपछि गठबन्धन गरी उम्मेदवारी दर्ता भएको बताएका छन् ।

कस्तो छ मत संख्या ?
सिरहा जिल्लामा १७ स्थानीय तह रहेको छ । १७ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी ३४ जना जिल्ला समन्वय समितिको मतदाता रहेका छन् । नेकपा एमालेसँग एक्लै १५ मत रहेको छ । दोस्रोमा जनता समाजवादी पार्टी नेपाल (जसपा) सँग १० मत रहेको छ । त्यससँगै नेपाली काँग्रेसँग ६ मत, नेकपा माओवादी केन्द्रसँग २ मत र नेकपा एकीकृत समाजवादी पार्टीसँग १ मत रहेको छ ।

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!