#सिरहाबजेटसिरहा नगरपमिलका

शुभ नारायण कामती
सिरहा । सिरहाका १७ स्थानीय निकायलाई संघीय सरकारले करिब सवा सात अर्ब बजेट विनियोजन गरिएकोे छ । जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमा जिल्लाका १७ स्थानीय निकायलाई संघीय सरकारले  ६ अर्ब १२ करोड २९ लाख बजेट विनियोजन गरेको हो ।

विनियोजित रकममध्ये समानीकरण अनुदानमा २ अर्ब २० करोड ७३ लाख, सःशर्त अनुदानअन्तर्गत ३ अर्ब ५९ करोड ३१ लाख, विशेष अनुदान १८ करोड ७५ लाख र समपूरक अनुदानमा १३ करोड ५० लाख रकम रहेको छ ।
आठ नगरपालिका र नौ गाउँपालिका मध्ये सबैभन्दा धेरै बजेट सिरहा नगरपालिकाले पाएको छ । सिरहा नगरपालिकालाई ६५ करोड ३२ लाख विनयोजन भएको छ । सोमध्ये समानीकरण अनुदानमा २१ करोड ३० लाख, सःशर्त अनुदानअन्तर्गत ४३ करोड ३४ लाख, र विशेष अनुदानमा ६८ लाख रकम रहेको छ । लहान नगरपालिकालाई ६४ करोड ९ लाख विनयोजित मध्ये समानीकरण अनुदानमा २३ करोड ४८ लाख, सःशर्त अनुदान अन्तर्गत ३७ करोड ११ लाख र विशेष अनुदान ३ करोड ५० लाख बजेट छुट्टाइएको छ ।

गोलबजार नगरपालिकाका लागि ५७ करोड १९ लाख विनयोजित मध्ये समानीकरण अनुदानमा १६ करोड ३० लाख, सःशर्त अनुदान अन्तर्गत ३८ करोड ३९ लाख, विशेष अनुदान एक करोड ५० लाख र समपूरक अनुदान १ करोड रहेको छ । कल्याणपुर नगरपालिकाका लागि ४१ करोड ६४ लाख विनयोजित मध्ये समानीकरण अनुदानमा १४ करोड ८० लाख, सःशर्त अनुदान अन्तर्गत २४ करोड २४ लाख, विशेष अनुदान एक करोड ८० लाख र समपूरक अनुदान ८० लाख रहेको छ । मिर्चैया नगरपालिकाका लागि ३९ करोड ६० लाख विनयोजित मध्ये समानीकरण अनुदानमा १५ करोड ४५ लाख, सःशर्त अनुदान अन्तर्गत २२ करोड ६५ लाख, विशेष अनुदान एक करोड र समपूरक अनुदान ५० लाख रहेको छ ।

धनगढीमाई नगरपालिकाका लागि ३९ करोड २१ लाख विनयोजित मध्ये समानीकरण अनुदानमा १५ करोड २० लाख, सःशर्त अनुदान अन्तर्गत २२ करोड २१ लाख, विशेष अनुदान एक करोड ४० लाख र समपूरक अनुदान ४० लाख रहेको छ । सुखिपुर नगरपालिाकाका लागि ३७ करोड १८ लाख विनयोजित मध्ये समानीकरण अनुदानमा १३ करोड, सःशर्त अनुदान अन्तर्गत २२ करोड ३८ लाख, विशेष अनुदान एक करोड र समपूरक अनुदान ८० लाख रहेको छ । कर्जन्हा नगरपालिकालाई २९ करोड ९६ लाख विनयोजन गरिएको मध्ये समानीकरण अनुदानमा १२ करोड ९ लाख, सःशर्त अनुदान अन्तर्गत १५ करोड ४० लाख, विशेष अनुदान एक करोड १७ लाख र समपूरक अनुदान एक करोड ३० लाख बजेट विनियोजन गरिएको छ ।

जिल्लाका नौ गाउँपालिकामध्ये सबैभन्दा धेरै बरियारपट्टी गाउँपालिका र सबैभन्दा कम बजेट भगवानपुर गाउँपालिकाले पाएका छन् । बरियारपट्टी गाउँपालिकाका लागि ३० करोड ९ लाख विनियोजन भएको रकममध्ये समानीकरण अनुदानमा १० करोड ६९ लाख, सःशर्त अनुदान अन्तर्गत १ करोड ६० लाख र समपुरक अनुदान १ करोड ६० लाख रहेको छ । लक्ष्मीपुर पतारी गाउँपालिकालाई विनियोजित २८ करोड ९२ लाख रकममध्ये समानीकरण अनुदानमा ११ करोड २९ लाख र सःशर्त अनुदान अन्तर्गत १७ करोड ६३ लाख रहेको छ । सखुवानान्नकारकट्टी गाउँपालिकालाई विनयोजित २८ करोड २० लाख मध्ये समानीकरण अनुदानमा ९ करोड २३ लाख, सःशर्त अनुदान अन्तर्गत १५ करोड ३७ लाख, विशेष अनुदानमा १ करोड ५० लाख र समपुरक अनुदान २ करोड १० लाख रहेको छ ।

नवराजपुर गाउँपालिकालाई विनियोजित २६ करोड १४ लाख रकममध्ये समानीकरण अनुदानमा ९ करोड ८ लाख, सःशर्त अनुदान अन्तर्गत १३ करोड ५६ लाख, विशेष अनुदानमा २ करोड ५० लाख र समपुरक अनुदान १ करोड रहेको छ । औरही गाउँपालिकालाई विनियोजित २५ करोड ९७ लाख रकममध्ये समानीकरण अनुदानमा १० करोड ३० लाख, सःशर्त अनुदानअन्तर्गत १४ करोड १७ लाख र समपुरक अनुदान १ करोड ५० लाख रहेको छ । बिष्णुपुर गाउँपालिकालाई विनियोजित २५ करोड ६७ लाख रकममध्ये समानीकरण अनुदानमा ९ करोड १५ लाख, सःशर्त अनुदान अन्तर्गत १४ करोड १२ लाख, विशेष अनुदानमा २ करोड र समपुरक अनुदान ४० लाख रहेको छ । अर्नमा गाउँपालिकालाई विनियोजित २५ करोड ८ लाख रकममध्ये समानीकरण अनुदानमा १० करोड ११ लाख, सःशर्त अनुदान अन्तर्गत १४ करोड ५७ लाख, र समपुरक अनुदान ४० लाख रहेको छ । नरहा गाउँपालिकालाई विनियोजित २४ करोड ५६ लाख रकममध्ये समानीकरण अनुदानमा ९ करोड २१ लाख, सःशर्त अनुदान अन्तर्गत १२ करोड ९५ लाख, विशेष अनुदानमा ७० लाख र समपुरक अनुदान एक करोड ७० लाख रहेको छ । भगवानपुर गाउँपालिकालाई विनियोजित २२ करोड ६७ लाख रकममध्ये समानीकरण अनुदानमा १० करोड ५ लाख र सःशर्त अनुदान अन्तर्गत १२ करोड ६२ लाख रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!