धनुषाको मिथिला बिहारी नगरपालिका ९ बस्ने एक ५ वर्षीय बालकमाथि यौन शोषण भएको हो। चुनावमा बालकको बाबुले सहयोग नगरेको भन्दै ५ वर्षीय बालकमाथि यौन दुराचार भएको छ।
बालकको जनकपुरमा स्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।आइतबार दिउँसो ४:३० बजे बालक शौचालय गएको बेला घटना भएको पीडितको परिवारले बताएका जानकारी दिए ।

बालकलाई यौन शोषण गरेको आरोपमा स्थानीय २० वर्षीय चन्दन यादव पक्राउ परेका छन् ।
उनलाई नियन्त्रणमा राखेर घटनाका विषयमा थप अनुसन्धान गरिरहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीप बहादुर क्षेत्रीले बताए ।
पक्राउ परेका युवक मिथिला बिहारी ९ मा स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित विन्देश्वर यादवका सहयोगी रहेको पीडित परिवारको आरोप छ ।
वडाध्यक्षका सहयोगी राजकिशोर यादव, पुरण यादव र भजन यादवले आफूमाथि कुटपिट गरेको बालकका बुबाले आरोप लगाए ।
उनका अनुसार वडाध्यक्षमा निर्वाचित विन्देश्वर यादवले चुनाव अघि नै आफूलाई सघाउन र नसघाए जितेपछि कुनै घटना घटाइदिने धम्की दिएका थिए ।
सभार : टुडेवाणी



