सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा चतुरानन्द ठाकुर र उपाध्यक्षमा अमरकला यादव विजयी भएका हुन् ।

अध्यक्षमा जित हातपारेका ठाकुरले ३ हजार ८४५ मत पाएका छन् भने नेकपा एमालेका देव नारायण साहले ३ हजार ५८५ मत पाए । तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टी (जसपा) का केदारनाथ यादवले २ हजार ९५८ मत प्राप्त गरे ।

उपाध्यक्षमा निर्वाचित कांग्रेसकी यादवले ३ हजार ८४८ मत पाउँदा जसपाकी रञ्जुकुमारी यादवले ३ हजार २३२ मत प्राप्त गरिन् । एमालेकी गिता देवी चौधरीले ३ हजार मत प्राप्त गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय