मुस्ताङ । विराटनगरदेखि मुस्ताङको मुक्तिनाथ तीर्थ यात्रामा गएको ना ५ क २१५९ नम्बरको बस दुर्घटनामा परेको छ । ३८ जना तीर्थयात्री बोकेको उक्त बस मुस्ताङको कागबेनीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार बस दुर्घटनामा २८ जना घाइते भएका छन् । मृत्यु हुने ३८ वर्षकी महिला रहेको उनले बताए ।
उनले भने, ‘बेनीमा तीर्थ यात्री बोकैको बस दुर्घटना भएको छ। उनी स्कुटरमा सवार थिइन् । स्कुटरबाट झर्ने क्रममा बससँग ठोक्किएको प्रारम्भिक जानकारी छ। दुर्घटनामा २८ जना घाइते यात्रु घाइते हुनु भएको छ। ‘
उनका अनुसार मुस्ताङको वारागुङ गाउँपालिका-१ मा बस दुर्घटना भएको हो । घाइतेहरूको मुस्ताङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।