भारत सरकारले प्रचलनमा ल्याएको ‘रुपे’ डिजटिल कार्ड नेपालमा पनि प्रयोग गर्न मिल्ने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलनमा यो कार्ड प्रयोगको शुभारम्भ गरेका हुन् ।

भिसा र मास्टर कार्डजस्तै यो कार्ड अब नेपालको बैकसँग पनि जोडिने भएको छ । अब ‘रुपे’ कार्डबाट नेपालमा पनि भुक्तानि सुविधा पाइनेछ ।



