जनकपुर । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको बताएका छन् ।

मंगलबार जनकपुरधाममा मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष ठाकुरले यस विषयमा पार्टीभित्र भने निर्णय नभएको बताए । वर्तमान सरकारले आफूहरूको माग सम्बोधन गर्ने विषयमा प्रतिबद्धता नजनाएसम्म सरकारमा जाने कुनै सम्भावना नरहेको समेत उनले प्रस्ट पारे ।

उनले वर्तमान सरकारमा सामेल हुनका लागि नागरिकता सम्बन्धी मुद्दा सम्बोधन, मधेस आन्दोलनका क्रममा लगाइएका झूटा मुद्दा खारेज लगायतका विषयमा प्रधानमन्त्री देउवासँग छलफल चलिरहेको बताए । उनले नागरिकता सम्बन्धी मुद्दा समाधान गर्नका लागि कानुनी जटिलता हटाउने, मधेस आन्दोलनका क्रममा लगाइएका झूटा मुद्दा खारेज गर्ने विषयमा सरकारले गम्भीरता देखाए आफ्नो पार्टी सरकारमा जान सक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय