आज (आइतबार) बिहानैदेखि वीरगन्ज शहरको मुख्य सडक विस्तार कार्य तीव्र रूपमा सुरु भएको छ। वीरगन्ज महानगर तथा स्थानीय प्रशासनको रोहबरमा सडक विभागले आज बिहान ६ बजेदेखि एकसाथ १३ वटा डोजर लगाएर शहरको मुख्य मार्ग चौडा बनाउने कार्य अघि बढाएको हो।

त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्ज शहरको मुख्य सडकलाई दायाँबायाँ दुवैतर्फ २५/ २५ मिटर फराकिलो बनाउने उद्देश्यले आइतबार बिहानदेखि पावरहाउस, मुर्ली, घण्टाघर, माइस्थान, आदर्शनगर, मकालु होटल चोक, वीर्ता, छपकैया हुँदै भन्सार क्षेत्रसम्मका विभिन्न स्थानमा एक साथ १३ वटा डोजर लगाएर संरचना हटाउने कार्य सुरु गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय