सिरहा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम गरेका छन् ।
मतगणनाको सुरुआती चरणमै रास्वपाका उम्मेदवारहरूले उल्लेख्य मतसहित प्रतिस्पर्धी दलका उम्मेदवारलाई पछि पार्दै अग्रता लिएका हुन् ।
क्षेत्र नम्बर–१ मा रास्वपाका उम्मेदवार बब्लु गुप्ताले ८५० मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । उनलाई नेपाली काँग्रेसका रामसुन्दर चौधरीले १९६ मत र नेकपा एमालेका रामाशंकर यादवले १२७ मतसहित पछ्याइरहेका छन् ।
क्षेत्र नम्बर–२ मा रास्वपाका शिव शंकर यादवले ३ हजार ९५१ मत प्राप्त गरी अग्रता बनाएका छन् । उनलाई नेपाली काँग्रेसका रामचन्द्र यादवले १ हजार ११२ मतसहित पछ्याइरहेका छन् । त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका मुक्ति नारायण सिंहले ६९७ मत र एमालेका नवीन कुमार यादवले ३४० मत प्राप्त गरेका छन् ।
क्षेत्र नम्बर–३ मा पनि रास्वपाका शम्भु कुमार यादवले अग्रता कायम गरेका छन् । उनले १ हजार २७७ मत प्राप्त गर्दा नेपाल कम्युनिष्ट पार्टीका विश्वनाथ साहले ८३३, एमालेका लिलानाथ श्रेष्ठले ७७८, जनता समाजवादी पार्टी नेपालका अशेश्वर यादवले ६८६ तथा नेपाली काँग्रेसका सुभाषचन्द्र यादवले ४३६ मत प्राप्त गरेका छन् ।
क्षेत्र नम्बर–४ को प्रारम्भिक मतपरिणामअनुसार पनि रास्वपाका तपेश्वर यादवले ४ हजार ३५५ मतसहित अग्रता कायम गरेका छन्। उनलाई नेपाल कम्युनिष्ट पार्टीका अजयशंकर नायकले १ हजार १४० मतसहित पछ्याइरहेका छन् ।
त्यसैगरी जनमत पार्टीका वीरेन्द्र प्रसाद महतोले ८८९ मत, नेपाली काँग्रेसकी चन्द्रकला कुमारी यादवले ७१० मत, एमालेका धर्मनाथ साहले ५०८ मत र जसपाका राजकिशोर यादवले ५४१ मत प्राप्त गरेका छन् ।
जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको र थप मतगणनासँगै परिणाममा परिवर्तन हुन सक्ने निर्वाचन अधिकारीहरूले बताएका छन् ।




