सिरहा । आगामी फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष वातावरणमा सम्पन्न गराउन सिरहामा सुरक्षा व्यवस्था थप सुदृढ गरिएको छ। २१ माघदेखि परिचालित नेपाली सेनाले फागुन ४ गतेदेखि जिल्लाका थप १९ स्थानमा अतिरिक्त फौज तैनाथ गरेको छ।
सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय गर्दै संयुक्त गस्ती, चेक प्वाइन्ट स्थापना तथा सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। संवेदनशील क्षेत्रको पहिचान गरी निगरानी बढाइएको छ भने दुर्गम स्थानमा छिटो परिचालनका लागि मोटरसाइकलसमेत प्रयोग गरिनेछ ।
सुरक्षा निकायका अनुसार एकीकृत सुरक्षा योजना अनुरूप सबै मतदान स्थलमा आवश्यक परे तत्काल पुग्ने व्यवस्था मिलाइएको छ र निर्वाचनको दिनसम्म उच्च सतर्कता कायम रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!