सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा कार्यरत पूर्वाधार विकास कार्यालयका सब–इन्जिनियर प्रमोद कुमार यादवको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका छन्।
प्रहरीका अनुसार मलङ्गवा–१० स्थित डेरामा आइतबार राति करिब ८ बजे मोटरसाइकलमा आएका हतियारधारीले यादवमाथि नजिकबाट गोली प्रहार गरेका थिए। छातीमा गोली लागेका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
सिरहाको सुखीपुर नगरपालिका निवासी यादव करिब एक वर्षदेखि पूर्वाधार विकास कार्यालय मलङ्गवा मा कार्यरत थिए। घटनापछि प्रहरीले क्षेत्र घेराबन्दी गरी अनुसन्धान सुरु गरेको छ। संलग्नको खोजीका लागि विशेष टोली परिचालन गरिएको र सीसीटीभी फुटेज विश्लेषण भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!