सिरहा । सिरहामा सुन–चाँदी व्यवसायीहरूबीच एकता, पारदर्शिता र बजार व्यवस्थापनलाई सुदृढ गर्ने प्रतिबद्धतासहित सिरहा सुन–चाँदी व्यवसायी संघको तेस्रो साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सिरहा सदरमुकाममा आयोजित सभाले आगामी कार्यकालका लागि ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
संघका अध्यक्ष सरोज कुमार महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिरहा नगरपालिका–१ का वडाध्यक्ष महेश कुमार यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा वक्ताहरूले स्थानीय सुन–चाँदी बजारको विश्वसनीयता अभिवृद्धि, कारोबारमा पारदर्शिता कायम राख्ने तथा व्यवसायीहरूबीच सहकार्य र समन्वयलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सिरहा उद्योग वाणिज्य संघका पूर्व वरिष्ठ उपाध्यक्ष महिन्द्र यादव र संघका संस्थापक अध्यक्ष सुरेन्द्र प्रसाद महतो विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । त्यसैगरी हिन्दु सम्राट सेनाका अध्यक्ष हितेन्द्र कुमार गोहिवार तथा बजरंग दलका अध्यक्ष धमेन्द्र यादवसहित स्थानीय व्यवसायी, समाजसेवी र सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
सभाले अध्यक्षमा पुनः सरोज कुमार महतो, उपाध्यक्षमा तौकिर आलम, सचिवमा आसुतोष साह र कोषाध्यक्षमा राज कुमार महतो चयन गरेको छ । सदस्यहरूमा कैसास देवी, नविन कुमार गुप्ता, अनिल कुमार साह, सुरेश कुमार महतो र दिलिप कुमार साह रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिले व्यवसायिक एकता सुदृढ गर्दै उपभोक्ताको विश्वास कायम राख्ने, बजार अनुगमनमा सरोकारवालासँग सहकार्य गर्ने तथा संघको संस्थागत क्षमता विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। संघले आगामी दिनमा व्यवसायीको हक–हित संरक्षणसँगै व्यवस्थित र विश्वसनीय बजार निर्माणलाई प्राथमिकतामा राख्ने जनाएको छ ।




