सिरहा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सिरहाको मिर्चैया नगरपालिका अन्तर्गत जीवा खोला क्षेत्रमा संयुक्त निर्वाचन सुरक्षा अभ्यास सञ्चालन गरिएको छ ।
श्री नन्दावक्स गणको पहल तथा जिल्ला सुरक्षा समितिको संयोजनमा आयोजित उक्त अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र जिल्ला निर्वाचन कार्यालयका कर्मचारीसहित करिब ४ सय जनाको सहभागिता रहेको थियो ।
सुरक्षा अभ्यासको मुख्य उद्देश्य मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षा व्यवस्थापन, निर्वाचनका क्रममा उत्पन्न हुन सक्ने विभिन्न चुनौतीपूर्ण परिस्थितिको सामना गर्ने तयारी र सुरक्षा निकायबीचको समन्वयलाई प्रभावकारी बनाउनु रहेको जनाइएको छ ।
अभ्यासका क्रममा सुरक्षा फौजले सम्भावित जोखिम, आकस्मिक घटना तथा आपतकालीन अवस्थाहरूमा अपनाइने सुरक्षात्मक कारबाहीको अभ्यासात्मक प्रदर्शन गरेको थियो ।
जिल्ला प्रशासनका अनुसार यस प्रकारका संयुक्त अभ्यासले निर्वाचन सुरक्षामा संलग्न नेपाली सेना तथा अन्य सुरक्षा निकायबीच समन्वय र सहकार्य थप सुदृढ हुने विश्वास गरिएको छ ।
कार्यक्रममा जिल्ला सुरक्षा समितिका सदस्यहरूका साथै सिरहाका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश डा. प्रकाश उप्रेती, श्री नं. २७ बाहिनीपति सहायक रथी नारायणबहादुर थापा, क्षेत्र नं. ४ का निर्वाचन अधिकृत शिव वाग्ले तथा जिल्ला निर्वाचन अधिकृत राजन श्रीवास्तवको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय