काठमाडौं । मेक्सिकोमा जेनजी आन्दोलन चर्किएको छ । हजारौँ युवा प्रदर्शनकारीहरू अपराध र भ्रष्टाचारको विरुद्धमा शनिबार  मेक्सिको सिटीको सडकमा उत्रिएका थिए ।

विरोधको क्रममा प्रदर्शनकारी र प्रहरीसँग झडप समेत भएको छ । प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा, लाठी र साङ्लोले पनि आक्रमण गरेका छन् । प्रदर्शनकारीले प्रहरीको ढाल र अन्य उपकरणहरू समेत खोसेका छन् ।

यस आन्दोलनलाई विपक्षी दलका पुराना समर्थकहरूबाट भरपुर समर्थन मिलिरहेको छ । हिंसाको क्रममा १२० जना घाइते भएको मेक्सिको सिटी सुरक्षा सचिव पाब्लो भाज्क्वेजले बताए । घाइतेमध्ये झन्डै सय जना प्रहरी अधिकारी रहेको बताइएको छ । झडपका क्रममा प्रहरीले २० जनालाई पक्राउ गरेको छ ।

सन् १९९० को दशकको अन्त्य र २०१० को दशकको सुरुवातको बीचमा जन्मेका युवाहरूलाई जेन जेड भनेर चिनिन्छ । यस वर्ष यो उमेर समूहले नेपाल लगायत कयौँ देशमा असमानता, लोकतन्त्रको पतन र भ्रष्टाचार विरुद्ध प्रदर्शनहरू आयोजना गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय