काठमाडौं। नेपाली सेनाले २८० अधिकृत (सहायक सेनानी-उपसेनानी) पदका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले शुक्रबार सूचना जारी गर्दै सैनिक साधारण सेवा समूहतर्फ रिक्त रहेको अधिकृत पदका लागि दरखास्त आह्वान गरेको हो ।

रिक्त रहेको सैनिक अधिकृत (सहायक सेनानी÷उपसेनानी) पदमा समावेशी आधारमा नयाँ नियुक्ति गरिने सूचनामा उल्लेख छ । योग्यता पुगेका इच्छुक युवाले आजदेखि आगामी असोज ४ गतेसम्म आवेदन दिन सक्ने छन् । दोब्बर दस्तुर बुझाएर असोज ११ गतेसम्म आवेदन दिन सकिने सेनाले जनाएको छ ।

हेर्नुहोस् भर्ना  सूचना–

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय