सिरहा । सिरहामा एक ८५ वर्षीय वृद्धको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरको छ ।
पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–२, भवानीपुर बस्ने २३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रसान्त मण्डल रहेको छ । उनीहरुले चोरी गर्ने उद्देश्यले गएको र घरभित्र छिरेपछि ती वृद्ध होल्ला गर्ने थालेपछि हत्या गरेको अनुसन्धानमा खुलेको सिरहाका प्रहरी प्रमुख एसपी अनन्तराम शर्माले बताएकाछन् । चौधरीको साथमा रहेको खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुकुरी र चप्पल बरामद भएको छ ।
घटना विवरण
सिरहाको धनगढीमाई नगरपालिका–११ आमचोक निवासी अन्दाजी ८५ वर्षीय फनिलाल यादवलाई साउन १४ गते धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । सीसीटीभी फुटेज र हत्या भएको ठाउँमा छुटेको चप्पललाई पन्छाउँदै जाँदा साउन २३ गते आरोपित मण्डल पक्राउ परेका थिए । मण्डलले दिएको बयानका आधारमा चौधरी साउन २७ गते पक्राउ परेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय लहान, जिल्ला प्रहरी कार्यालय सिरहा, मधेस प्रदेश र केन्द्रीय अनुसन्धान टोलीले संयुक्त रूपमा छानबिन गरिरहेको एसपी शर्माले बताए ।
दुवै जनालाई साउन २८ गते दखि लागु हुने गरी सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय