सिरहा । सिरहाको औरही गाउँपालिका–४ कमलपुरबाट आज (शनिबार) बिहान प्रहरीले अवैध गाँजासहित ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको औरही गाउँपालिका–३ का ४२ वर्षीय राजिन्द्र यादव, गोलबजार नगरपालिका–१ मुक्सारका ४२ वर्षीय जयराम जोशी, ३२ वर्षीय जीवछ साह, ३० वर्षीय शिवकुमार सदा, २२ वर्षीय कृष्ण सदा, २० वर्षीय सुरज सदा, १९ वर्षीय पशुपति सदा छन् ।
यसैगरी, भारतको मधुवनी जिल्ला कुमरखद ग्राम पञ्चायत–१४ का ३० वर्षीय धर्मेश कुमार कामती र ४१ वर्षीय वैजनाथ चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
उनीहरूको साथबाट पाँच वटा बोरामा रहेको १ सय ३ किलो लागुऔषध गाँजा बरामद भएको छ । यस विषयमा आवश्यक अनुसन्धान कार्य भइरहेको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय