सिरहा । सिरहाको लहानमा सशस्त्र प्रहरीले १० लाख एक हजार ६९५ श्रोत नखुलेको रकम सहित एक जना भारतीय नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला लौकाहा ग्राम पञ्चायत १ लौकाहा बजार बस्ने २४ वर्षीय राहुल कुमार रहेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हे.क्वा.का गणपति नरेश भण्डारीका अनुसार आज बिहान करिब ९ः३० बजे लहान नगरपालिका–३ हस्पिटल चौक स्थित सुरक्षा वेश क्याम्प लहानबाट खटिएको चेक प्वाईन्ट टोलीले यात्रु वहाक सवारी चेकजाँच गर्ने क्रममा इनर्वाबाट लहानतर्फ आउदै गरेको यात्रु वाहक बसमा सवार राहुल कुमारलाई श्रोत नखुलेको नगद सहित नियन्त्रणमा लिएको गणपति भण्डारीले बताए ।
पक्राउ परेका राहुल कुमारलाई नगद सहित भन्सार कार्यालयमा बुझाउने प्रकृया भइरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय