जनकपुरधाम । सातौँ अन्तरराष्ट्रिय क्यान्सर सम्मेलन शुक्रबार देखि जनकपुरमा सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा विश्वका विभिन्न देशका क्यान्सरसम्बन्धी विशेषज्ञहरूको सहभागिता छ ।
सम्मेलनका निर्देशक एवं विनयतारा फाउन्डेसनका अध्यक्ष डा विनय शाहले सम्मेलनमा विभिन्न देशका क्यान्सर विशेषज्ञ र यसको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, नर्स र सरोकार भएका व्यक्तिको सहभागिता रहेको जानकारी दिए । उनका अनुसार विश्वभर क्यान्सरसम्बन्धी उपचारमा भइरहेका नयाँ प्रगति, प्रविधि, अनुसन्धान र चिकित्सकका अनुभव सम्मेलनमा समेटिने छन् ।
शहका अनुसार, “दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न क्यान्सर, तिनका उपचारमा प्रयोग भइरहेका प्रविधि, पद्धति र अनुभवका साथै क्यान्सर उपचारमा रहेका असमानता र त्यसका लागि गर्नुपर्ने पहलका विषयमा छलफल हुनेछ ।”
शुक्रबारको प्रथम प्रस्तुति ‘हेड एण्ड नेक’ क्यान्सरका विषयमा रहेको थियो । सर्जन डा प्रभात ठाकुरले ‘सर्जिकल प्रिन्सिपल अफ हेड एण्ड नेक’ क्यान्सरका विषयमा अनुसन्धान प्रस्तुत रहेको थियो । डा बजरङ्ग शाहले अध्यक्षता भएको उक्त सत्रमा अमेरिकाको माय सेण्ट जोनमा कार्यरत चिकित्सक डा दिनेश क्षेत्रीले क्सान्सरमा आधारित छलफल सत्र सञ्चालन गरेको थियो ।
