जनकपुरधाम । मधेस प्रदेशअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले स्तरवृद्धिको माग गर्दै आज (शुक्रबार) जनकपुरधामस्थित प्रदेश भवन अगाडि प्रदर्शन गरेका छन् । स्वास्थ्यकर्मीहरूले स्तरवृद्धिको मागसहित ब्यानर तथा प्लेकार्डमार्फत प्रदर्शन गरेका हुन् ।
सिनियर अहेव र सिनियर अनमी (पाँचौँ तह)का कर्मचारी सङ्घर्ष समिति मधेस प्रदेशको आयेजनामा प्रदर्शन गरिएको हो । प्रदेशका आठ जिल्लामा करिब एक हजार आठ सय स्वास्थ्य क्षेत्रका कर्मचारीको बढुवामा मधेस सरकारले रोका गरेकाले नियमिति बढुवाको माग गर्दै प्रदर्शन गरिएको सङ्घर्ष समितिका कोषाध्यक्ष रुपेश साहले बताए ।


पटकपटक नियमित बढुवाको मााग गरे पनि प्रदेश सरकारले सुनुवाइ नगरेपछि आज मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषा हुँदै मुरलीचोकमा प्रदर्शन गरी प्रदेशसभा भवन अघि पुगेर कोणसभा गरिएको उनले जानकारी दिए । उनका अनुसार प्रदेशसभाका सभामुख रामचन्द्र मण्डललाई माग सुनुवाइ गर्नेसम्बन्धी तीन बुँदे ज्ञापनपत्रसमेत बुझाइएको छ ।
उक्त ज्ञापनपत्रमा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ बमोजिम विगतदेखि पाउँदै आएको दुई तह स्तरवृद्धि गर्नुपर्ने, स्वास्थ्य सेवामा प्रथम प्रवेशबिन्दु चौथो तह भएकाले खुलाबाट पदपूर्ति सतप्रतिशत हुनुपर्नेलगायत मिाग राखिएका छन् । यसैबीच, आज प्रदेशसभा बैठक भएकाले प्रदेशसभा भवन वरपरको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!