सिरहा । नेपाल बुद्धिजीवी परिषद् सिरहाको सातौं जिल्ला अधिवेशन शनिबार धनगढीमाई नगरपालिका स्थित बाटिका टुरिजममा सम्पन्न भएको छ ।
बुद्धिजीबि परीषद सिरहाको सातौ अधिबेसनबाट भैरव गेलाललाई पुनः सर्वसम्मत रूपमा दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो ।
त्यसैगरी उपाध्यक्षमा रामबाबु यादव, सचिवमा भानुभक्त गौतम, सह–सचिवमा प्रेम लामा र हेमशंकर यादव तथा कोषाध्यक्षमा ध्यानी मण्डल चयन भएका छन् ।
यस्तै, सदस्यहरूमा यमुना खनाल, रामकुमार साह, राम बिलक्षण सिंह, धीरज कुमार साह, सूर्यनारायण यादव, सुशीला महतो, राजन प्रसाद लुइटेल, बाबुलाल मण्डललगायतका रहेका छन् ।

अधिबेसनको प्रमुख अतिथि नेपाल बुद्धिजीबि परिषदका केन्द्रिय उपाध्यक्ष कामानन्द देव र बिशिष्ट अतिथि नेकपा एमाले स्थायी कमिटि सदस्य एबं मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य, प्रतिनिधि सभा सदस्य तथा मधेस प्रदेशका इन्चार्ज लीलानाथ श्रेष्ठले सरकारको वर्तमान अवस्थाबारे धारणा राख्दै सरकारमाथि मुलुकभित्र र बाहिरबाट चौतर्फी हमला भइरहेको बताए । उनले एमाले सरकारद्वारा ल्याइएका अध्यादेशहरू जनहितमा रहेको जिकिर गर्दै प्रतिपक्षी दलहरूले अनावश्यक अवरोध सिर्जना गरिरहेको आरोप लगाए ।
श्रेष्ठले सुकुम्बासी समस्या समाधान गर्ने पहलको विपक्षमा प्रतिपक्ष उभिएको दाबी गर्दै विगतका सरकारहरूले पनि अध्यादेशमार्फत शासन गरेको स्मरण गराए । साथै, उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै राजावादी र पहिचानवादीहरूसँग मोर्चाबन्दी गरेर कुन व्यवस्था ल्याउन खोजिएको हो भन्ने प्रश्न उठाए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय उपाध्यक्ष डा. कामानन्द देवले परिषद्को महत्त्वबारे प्रकाश पार्दै सिरहामा परिषद्ले गरेको कार्यको प्रशंसा गरे । उनले आर्थिक क्षेत्रलाई मजबुत बनाउन सरकारले ल्याएका विधेयकहरू महत्त्वपूर्ण रहेको बताए ।
नेपाल बुद्धिजीवी परिषद् सिरहाका अध्यक्ष भैरव गेलालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा सिरहा जिल्ला इन्चार्ज गंगा प्रसाद यादव, सिरहा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य रामशंकर यादव, नेकपा एमाले सिरहाका कार्यबाहक अध्यक्ष तथा सिरहा नगरपालिकाका मेयर डा. नवीन कुमार यादव, धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो, नेकपा एमाले केन्द्रीय सदस्य रामपृत राम, नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय सदस्य राजकुमार मल्ल, पाविना सिंहलगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।




