धनकुटा समाचारदाता
धनकुटा । गोरखापत्र राष्ट्रिय दैनिक पत्रिका धनकुटाका समाचारदाता कोकिला भण्डारी ३०३ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसमा सम्मानित हुनु भएको छ ।
पत्रकारिताको क्षेत्रबाट पुर्वको पर्यटकीय क्षेत्र भेडेटार स्थित ऐतिहासिक साँगुरीगढी एकिकरण मार्ग पदयात्रा २०८१ को दौरान उल्लेखनीय योगदान पुर्याएकोमा उहाँलाई सम्मान गरिएको हो ।
गढीको प्रचार प्रसारमा सहयोग पुर्याए बापत नेपाली सेनाको भीमदल गणले पत्रकार भण्डारीलाई प्रशंसा पत्रले सम्मान गरेको हो ।
नेपाली सेनाको पुर्वी पृतना मुख्यालयको निर्देशन तथा श्री नम्बर २ अड्डा हिलेको समन्वयमा धनकुटा जिल्ला स्थित श्री भीम दल गणको आयोजना तथा सुनसरी स्थित श्री भगवती दल गणको सहयोग एवं धनकुटा नगरपालिका, साँगुरीगढी गाउँपालिका, पाख्रिबास नगरपालिका, उद्योग वाणिज्य संघ धनकुटा, होटल एसोसियसन भेडेटारको प्रायोजनमा सम्पन्न दिवसको अवसरमा पत्रकार भण्डारीलाई कामको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको भीम दल गणले जनाएको छ ।
भण्डारीलाई नेपाली सेनाका श्री नम्वर २ वाहिनी अड्डाका वाहिनी पति सहायक रथी दिलविक्रम सुब्बाले प्रशंशापत्र हस्तान्तरण गर्नु भएको थियो ।
भण्डारी सँगै साँगुरीगढी पदयात्रामा सहयोग पुर्याउने नेपाल पत्रकार महासँघ धनकुटा लगायतका संघ संस्था, व्यात्तिहरु र तोप निर्माणमा आर्थीक सहयोग गर्नेहरुलाई पनि प्रशंसा पत्र हस्तान्तरण गरेर सम्मान गरेको छ ।
नेपाली सेनाले हरेक बर्ष मनाउदै आएको एकिकरण दिवसमा पत्रकारिता मार्फत ऐतिहासिक गढी, किल्लाहरुको प्रचार प्रसार गर्ने पत्रकारलाई सम्मान गर्दै आएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025 | Apandainik.com | All Rights Reserved | Privacy Policy | Disclaimer