वीरगन्ज । बारामा प्रहरी गस्ती टोलीले एक क्विन्टल ४२ किलो गाँजासहित भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
सिम्रौनगढ नगरपालिका–७, खजानीस्थित प्रहरी गस्ती टोलीले पछ्याउँदै जाँदा बिआर २२ ए क्यु २९७६ नम्बरको भारतीय मोटरसाइकललाई नियन्त्रणमा लिएको हो । मोटरसाइकल चालक भने घटनास्थलबाट फरार भएका छन् ।
प्रहरीका अनुसार उक्त मोटरसाइकलमा लोड गरिएको अवस्थामा ठूलो मात्रामा गाँजा बरामद गरिएको हो । बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले मोटरसाइकलमा लोड गरिएको गाँजा नियन्त्रणमा लिइएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
प्रहरीले फरार चालकको खोजी कार्यलाई तीव्र पारेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!