सिरहा । जिल्लाको कर्जन्हा नगरपालिका–११ मा रहेको जनसेवा माध्यमिक विद्यालयका कर्मचारीले तलव भत्ता नपाएको भन्दै विद्यालयको मुख्य गेटमा तालाबन्दि गरेका छन् । पछिल्लो एक वर्षभन्दा लामो समयदेखि तलव भत्ता नपाएको भन्दै दुई जना कास, एक जना पुस्ताकालयका कमचारी र एकजना लेखापालले विद्यालयको मुख्य गेटमा तालावन्दि गरेका हुन् ।
विद्यालयमा भएको तालाबन्दिको कारण हजारौं विद्यार्थीको पठन–पाठन प्रभावित भएको छ । यस विद्यालयमा प्राविधिक धारसहित १२ कक्षा सम पढाइहुने गरेको छ ।
कर्मचारीहरुले दशै जस्तो पर्वमा पनि तलब नपाए पछि बाध्य भएर विद्यालयमा तालाबन्दि गर्नु परेको बताए । उनीहरुले भने ‘सँगैकाम गर्ने अन्य शिक्षक कर्मचारीले खुरुखुरु तलव थापी रहेका छन्, हामी भने एक वर्ष भन्दा लामो समयदेखि तलव भत्ता नपाएर विचल्लिमा परेका छौं । हामीले पनि नियमित तलव भत्ता पाउनुपर्यो भनेर तालाबन्दि गरेका हौं ।’
विद्यालयले उपभोग गर्दै आएको कर्जन्हा बजार र पोखरी नगरपालिकाले आफ्नो मातहतमा लिएपछि कर्मचारीहरुलाई तलव खुवाउन नसकिएको प्रधानाध्यापक लक्ष्मी हायले बताए । उनले भने, ‘नीजी स्रोतमा काम गरिरहेका ४ जना कर्मचारीलाई बजार र पोखरी ठेक्काबाट उठेको रकमबाट तलव भत्ता ख्वाईरहेका थियौं । पछिल्लो पटक नगरपालिकाले पोखरी र बजार आफ्नो नियन्त्रणमा लिएपछि हामीलाई आर्थिक कठिनाई भएको छ । त्यसैले कर्मचारीलाई तलव दिन सकिराखेका छैनौं ।’
उनले यस सम्वन्धमा नगर प्रमुख र शिक्षा शाखा प्रमुखलाई पटक–पटक जानकारी गराएपनि बेवास्ता गरेको बताए । प्र.अ. हायले विद्यालयको छुट्टै आयस्रोत नभएकाले पनि समस्या भएको हो ।
कर्जन्हा नगरपालिकाका मेयर भोलाप्रसाद पोखरेलले तालाबन्दि गरेको विषयमा जानकारी पाएको भएपनि अहिले आफू बाहिर रहेको बताए । उनले भने, ‘नगरपालिकाले सवै शिक्षक कर्मचारीको तलव भत्ता दशैं अघि नै गईसकेको छ । विद्यालयले राखेको निजी स्रोतको कर्मचारीको विषयमा मलाई जानकारी भएन । उनीहरुले तालाबन्दि गरेको भने सुनेको छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!