सिरहा । आफ्नै साथीलाई हत्या गर्ने ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गोलबजार नगरपालिका–१३ डंगराहा टोलका २७ वर्षीय सन्तोष कुमार महरा, २८ वर्षीय रोहित कुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम र २० वर्षीय मोहमद जमसेद पक्राउ परेका हुन् । उनीहरुले आफ्नै गाउँकै साथी कृष्ण कुमार महरालाई हत्या गरेको आरोप लागेको छ ।
असोज २७ गते राति कृष्ण र रोहित सुखिपुर नगरपालिका–१० शिवचौकमा दुर्गा पूजाको अवसरमा लागेको मेला हेर्न गएका थिए । त्यहाँ अन्य साथीहरु भेटेका थिए । सबै जनाले नसालु पदार्थ सेवन गर्ने योजना बनाए । सोही अनुसार मेला स्थानदेखि पुर्व खोला नजिक चौरमा गए । त्यहाँ उनीहरुले गाँजा र नाईट्राभेट ट्याबलेट पानीको वोतलको बंकर बनाई सो बंकरबाट सेवन गरे । सोही क्रममा कृष्णले आफूले चिनेका महिला साथीलाई भेट्न बोलाए । त्यसपछि अन्य साथीहरुले आफूहरू पनि ती महिलालाई भेट्ने इच्छा जाहेर गरे । त्यसमा कृष्ण राजी भएनन् । कृष्णले साथीहरूको कुरा इन्कार गर्दा उनीहरू रिसाए र हत्या गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
मोहमद जमसेद, धिरज कुमार राम, धर्मेन्द्र महरा, संतोष कुमार महरा, रोहित कुमार महरा र अरविन कुमार महरासमेत मिलेर ज्यान मार्ने योजना अनुसार कृष्ण कुमार महरालाई चारैतिरबाट घेरा हाली समाती धारिलो कैँचीले घाटी तथा पेटमा रोपी अमानवीय हिसाबले क्रुर यातना दिई हत्या गरेका हुन् ।
अपराधबाट बच्नको लागि उनीहरूले गागन खोलाको पश्चिम पट्टीको डिलमा खाल्टो खनेर कृष्णको कम्मरभन्दा माथिको भाग बालुवाले छोपी फरार भएका थिए । असोज २८ गते उनको शव हत्या गरेको अवस्थामा फेला परेका थिए । प्रहरीले अनुसन्धान गर्दै जाँदा आफ्नैबाट हत्या भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
हत्या आरोपितहरू घरमै लुकेर बसिरहेकालाई शुक्रबार नै पक्राउ गरेको हो । आइतवार सिरहा जिल्ला अदालतबाट म्याद थप सार्वजनिक गरेका छन् । ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!