कोकिला भण्डारी (धनकुटा समाचारदाता )
बिराटनगर । स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय कोशी प्रदेश धनकुटाको आयोजनामा तिन दिने प्रदेश स्तरीय एकिकृत बार्षिक समिक्षा गोष्ठी विराटनगरमा सञ्चालन भएको छ ।
आईतबारदेखि कोशी प्रदेश भित्र रहेका स्वास्थ्य कार्यालय, अस्पताल, स्वास्थ्य तालिम केन्द्र लगायतका आर्थिक बर्ष २०८०।०८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको गतिविधिको बार्षिक समिक्षा मंगलबार सम्म सञ्चालन गरिने छ ।
गोष्ठीको पहिलो दिनमा कोशी प्रदेश स्थित झापा, ईलाम, पाँचथर, तेह्रथुम, भोजपुर खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु , दोस्रो दिनमा धनकुटा, उदयपुर, सुनसरी, संखुवासभा, ताप्लेजुङलगातयत जिल्लाका स्वास्थ्य कार्यालय र अस्पताल प्रमुखले आ–आफ्नो कार्यालय, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलगायतको गतिविधि प्रस्तुतिकरण सहित समिक्षा गरिने स्वास्थ्य निर्देशनालय धनकुटाका स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेतले बताएकाछन् ।
गोष्ठिको उद्घाटन गर्दै मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेशका १४ जिल्लाका स्वास्थ्य संस्थाहरूको गतिविधि, प्रगती र समस्या सहितको प्रस्तुतिकरण समय मिले तीन दिन नै वसेर सुन्नु पर्ने बताएकाछन् । कर्मचारी नियुक्त गर्न नसक्दा दक्ष जनशक्तिको अभाव र कर्मचारीको उचित व्यावस्थापन गर्न नसकिएकोले स्वास्थ्य क्षेत्रमा समस्या आएको उजागर गर्दै मुख्य मन्त्री कार्कीले स्वास्थ्यकर्मी सबैलाई तीन दिनको समीक्षा पछि सबैले आ आफ्ना क्षेत्रमा भएका समस्या, चुनौतीहरूलाई टिपोट गरेर बुझाउन निर्देशन गरे ।
विभिन्न जिल्ला स्थित अस्पतालहरूमा १०० वेडको सेवा दिने भनि निर्णय गरिएको भएता पनि हालसम्म कार्यान्वयन हुन नसक्दा अस्पतालमा भएका आईसियु, भेन्टिलेटर लगायतका पुर्वाधार आवश्यक पर्ने स्थानमा लगि प्रयोगमा ल्याउन या अनावश्यक राख्दा खिया लाग्ने र विग्रन सक्ने भएको भन्दै स्वास्थ्य मन्त्रालयमा बुझाउन मुख्य मन्त्री कार्कीले निर्देशन दिए ।
कोशी प्रदेश स्वास्थ्य मन्त्रालय सचिव राधिका थपलियाको अध्यक्षता एवं कोशी प्रदेश मुख्य मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यता उद्घाटन गरिएको उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कार्यालय प्रमुख, अस्पताल प्रमुख, स्वास्थ्य तालिम केन्द्र प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!