८ साउन। चैत अन्तिम साता, ९ वर्षीया बालिका कान्ति बाल अस्पतालमा भर्ना भइन् । ज्वरो आउने, बेला-बेलामा बेहोश हुने, पेट फुल्ने लगायत समस्या देखिएपछि अभिभावकले चार-चार वटा निजी अस्पतालमा देखाइसकेका थिए, तर रोग पत्ता लागेन । अन्तिममा क्षयरोग हुनसक्ने आशंकामा औषधि चलाए ।

बालिकाले कहिले औषधि खाने र छोड्ने गर्दा स्वास्थ्य अवस्था गम्भीर बन्दै गयो । अभिभावक बालिकालाई लिएर बाल श्वास–प्रश्वास तथा सघन रोग विशेषज्ञ डा. जगतजीवन घिमिरेकहाँ पुगे । उनले बालिकालाई क्षयरोग भएको आशंका गर्दै परीक्षण गर्न सुझाए । केही दिनको परीक्षणबाट उनमा क्षयरोग भएको पुष्टि भयो ।

‘एकदमै गम्भीर अवस्थामा आउनुभएको थियो । क्षयरोगले विभिन्न अंगमा असर गरिसकेको थियो’ डा. घिमिरेले भने, ‘तीन हप्ता आईसीयूमा राखेर उपचार गर्नुपर्‍यो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय