धनकुटा समाचारदाता
धनकुटा । पाख्रिवास नगरपालिका भित्र सञ्चालमा आएको जालपादेवी क्याम्पसको रकम निकासाका कागजात कार्यसमिति नयाँ वनाए मात्र रकम निकासा हुने भन्दै पाख्रिवास नगरपालिकाका नगरप्रमुख ज्ञानबहादुर गुरूङ्गले गायव वनाउनु भएको विध्यालयको आरोप छ ।
सम्झौता बमोजिमको काम सम्पन्न गरी योजनाको रकम भुक्तानिकालागि आवश्यक कागजात सहित पालिकामा पेश गरेपछि निकासीमा नगर प्रमुखले हस्तक्षेप गरेको क्याम्पस प्रशासनको आरोप छ ।
जालपादेवी क्याम्पस पाख्रिबास धनकुटाले उक्त कार्यको बिरोध जनाएको छ ।
क्याम्पसले शुक्रबार पत्रकार सम्मेलनमा बिज्ञप्ती जारी गरेर नगर प्रमुख ज्ञानबहादुर गुरुङले अनुगमन समितिले सिफारिस गरेसकेको र भुक्तानिका लागि निवेदन, विल भर्पाई समेत पेश गरि तोक लगाई दर्ता समेत गरीसके पछि निकासा दिन अवरोध गरेको क्याम्पस व्यावस्थापन समितिका अध्यक्ष बृख बहादुर राईले जानकारी दिनुभयो ।
रकम निकासाका क्रममा गुरुङले क्याम्पस प्रतिनीधिहरुलाई गालीगलौज, अभद्र ब्यबहार गरेर हातपात गरेको जारी बिज्ञप्तीमा उल्लेख छ ।
क्याम्पसले घटनाको बिषयमा दोषीलाई कानुनी कारवाही गर्न प्रहरीलाई जाहेरी दिएको छ ।
‘क्याम्पस घटनाको घोर भत्र्सना र खेद प्रकट गर्दै दोषीलाई अबिलम्ब कानुनी कारवाहीको माग गर्दछौं’– क्याम्पसका अध्यक्ष बृषबहादुर राई र प्रमुख लोकेन्द्र पौडेलद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
यस अघि नगर प्रमुख र क्याम्पसका प्रतिनीधिहरुबीच भएको बादबिवादको भिडियोको छोटो अंस सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
क्याम्पसले पेश गरेको कागजात प्रचलित कानुनको बर्खिलाप भएकोले भुक्तानी दिन नसकिएको नगरप्रमुख ज्ञान बहादुर गुरूङ्गले यस अघि नै जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।