कोकिला भण्डारी, धनकुटा
धनकुटा श्री गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालय, धनकुटाको तेह्रौ वार्षिकोत्सव, साधारणसभा, २११ औ भानु जयन्ती एवं सम्मान÷पुरस्कार कार्यक्रम काव्य गोष्ठी धनकुटामा सम्पन्न भएको छ ।
नवनिर्मित सरस्वतीको प्रतिमा अनावरण, बाल पुस्तकालय भवन उद्घाटन, संस्थापक टीकाप्रसाद लामिछाने को प्रतिमुर्ति अनावरण, संग्रहालय उद्घाटन, काव्यगोष्ठि, पुरस्कारकासाथ बार्षिक उत्सव सम्पन्न भएको हो ।
गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालय, धनकुटाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा झापाका कमलाकान्त आत्रेय, विष्णु न्याउपाने, मोरङका शालिग्राम दाहाल, मेदनी प्रसाद बराल, धनकुटाका जया राई, तुलसा स्वदेशी राई, सन्तवीर लामा, पदम प्रसाद काफ्ले, सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईलगायतलाई सम्मान गरिएको छ ।
उनीहरू मध्ये विगत तीन दशक भन्दा लामो समय देखि पत्रकारिताको क्षेत्रमा रहि पत्रकारिताको माध्यमबाट आवाज विहीनहरूको आवाजलाई महत्वपूर्ण स्थान दिई समाज र आम जनसमुदायलाई सु सुचित गराउन सुचना र सञ्चारको माध्यमबाट खेल्नु भएको भुमिका एवं योगदानको कदर गर्दै स्वर्ण प्रभा पत्रकारिता पुरस्कार २०८१ ले धनकुटा जिल्लामा रहि व्लाष्ट दैनिक पत्रिकामा कार्यरत पत्रकार सन्तविर लामालाई सम्मान गरिएको हो । यसैगरी जीवनको लामो समय शिक्षण पेशामा सर्मपण गर्नुहुने राष्ट्रको निम्ति सक्षम जनशक्ति निर्माण गर्ने कार्यमा सकृय भूमिका निर्वाह गर्नु भएको स्मरण गर्दै सेवा निबृत जीवनमा समेत विभिन्न संघसंस्थाको नेतृत्वदायि भूमिका मार्फत समाज रूपान्तरण र सचेतनाको निम्ति धनकुटाको शैक्षिक एवम् सामाजिक क्षेत्रमा पुर्याउदै आएको योगदानको प्रशंसा गर्दै जया देवी राई र महाकाव्य, खण्डकाव्य, कविता, हाइकु लगायतका क्षेत्रमा रहि साहित्यका विविध विधा मार्फत नेपाली वाङ्मयको श्रीवृद्दिको लागि पुर्याउनु भएको योगदान एवम् छन्द साहित्य साधनाको सम्मान स्वरूप दुल्लभ लामिक्षाने स्मृति छन्द पुरस्कार २०८१ बाट विष्णु न्यौपाने लाई पुरस्कृत गरिएको छ ।
यसका साथै सुदूर वस्तीमा नै जीवन यापनको लागि संघर्ष गर्दै नेपाली साहित्यको उज्यालोपनको लागि धनमाया लामिछाने युवा प्रतिभा पुरस्कार बाट तुलसा स्वदेशी राईलाई पुरस्कृत सहित सम्मान गरिएको छ ।
ज्योतिष विज्ञान र पूर्वीय दर्शनको श्रीवृद्दिकालागि पुर्याउनु भएको योगदानको कदर गर्दै लक्ष्मीकान्त देवकन्या रूिक्मणी स्मृति पुरस्कार बाट शालिग्राम दाहाल पुरस्कृत हुनु भएको हो । पुस्तकालयका शुभचिन्तक मानार्थ सदस्य पदम प्रसाद काफ्लेले कला साहित्यको उन्नयनका लागि पुर्याएको योगदानको कदरगर्दै सम्मानपत्रले सम्मान गरिएको छ ।
भाषा साहित्यको माध्यमबाट पूर्वीय दर्शनको श्रीवृद्दिका लागि पुर्याउनु भएको योगदानको सम्मान स्वरूप प्रािज्ञक ज्येष्ठ नागरिकको रूपमा धननञ्जय घिमिरे स्मृति सम्मान ले सम्मान गरिएको छ ।
प्राज्ञिक एवम् साहित्यिक उन्नयनका लागि सहयोग गर्नुहुने सम्मानित सदस्य सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई र विगत चार दशक देखि गरूकुलीय पद्दति एवम् संस्कृत शिक्षा साथै आध्यात्मिक तथा भौतिक ज्ञान प्रदान गर्दै पूर्वीय दर्शनको प्रचार प्रसार एवं कार्यमा समेत सकृय रहि संस्कृत वाङ्मय र पूर्वीय दर्शनको श्रीवृद्दिका लागि पुर्याउनुभएको योगदानको सम्मान स्वरूप गर्गश्री सम्मानले कमलाकान्त आत्रेय सम्मानित भएको छ ।
उहाँहरूलाई पुस्तकालयका महासचिव मुकुन्द प्रयास, पुस्तकालयका संस्थापक÷संरक्षक टीका प्रसाद लामिछाने, संस्थापक नारायण बराल, पुस्तकालयका अध्यक्ष घनश्याम बराल, प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल लगायतले पुरस्कृत र सम्मानि हुनेहरूलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेको थियो ।
पुस्तकालयका अध्यक्ष घनश्याम बरालको अध्यक्षता एवं टीका प्रसाद लामिक्षानेको संरक्षकत्व, जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि दामोदर दहाल, संस्थापक अध्यक्ष दोर्ण प्रसाद गुरागाई, आजिवन सदस्य टंकमणि लामिछाने, प्रध्यापक डाक्टर गोपाल प्रसाद भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!