कोकिला भण्डारी, धनकुटा
धनकुटा शिक्षा विकास निर्देशनालय, कोशी प्रदेश धनकुटाको आयोजनामा निजामती आवासीय विद्ययालयको बर्तमान अवस्था र विकासको सम्भावना विषयक कार्यशाला धनकुटामा सम्पन्न भएको छ ।
निजामती आवासीय विध्यालयको बर्तमान अवस्था र सुधारका लागि गर्नपर्ने प्रयास सम्बन्धमा त्रिभुवन विश्व विद्यालय शिक्षा विकास तथा अनुसन्धान केन्द्रको प्राज्ञिक सहयोगमा सञ्चालन गरिएको उत्त कार्यक्रम आईतबार सम्पन्न गरिएको हो ।
सार्वजनिक निजी साझेदारीमा विद्यालय सञ्चालन गर्ने, नेपाल ट्रष्टको स्वामित्वमा रहेको जग्गा प्राप्ति र स्थाई संरचना निर्माण गर्ने, शिक्षक, विद्यार्थी छात्रावास व्यवस्थापन गर्ने, कक्षा १२ सम्म विद्यालय सञ्चालन गर्ने, प्रदेशको उत्कृष्ट शैक्षिकहवको रुपमा विकास गरी प्रदेशकै गौरवको योजना रुपमा विकास गर्ने लगायतका भावि योजना रहेको निजामति आवासिय विद्यालयको पृष्ठभूमि, बर्तमान अवस्था (भौतिक, शैक्षिक र आर्थिक अवस्था), भावि योजना लगायतका विषयमा शिक्षा विकास निर्देशनालय धनकुटाका शाखा अधिकृत पेशल कुमार राईले प्रस्तुतिकरण गरेका थिए ।


निजामती आवासिय विधालयको विस्तृत परियोजना प्रतिवेदनले आवश्यकता औल्याएका शैक्षिक, भौतिक तथा व्यवस्थापकीय पक्षमा सुधारका विषयहरूलाइ सम्बोधन गर्ने गरी प्रदेश सरकारको कार्यक्रममा समावेश गर्ने प्रमुख अतिथि सामाजिक विकास मन्त्री पाँचकर्ण राईले कार्यक्रमको उद्घाटनका क्रममा बताएकाछन् ।
उनले विध्यालयलाई कोशी प्रदेशको नमुना आवासीय विद्यालय बनाउन विद्यालय सम्बद्द समिति र पदाधिकारीको थप क्रियाशिलताको आवश्यकता रहेको बताए । धनकुटाको पहिचानलाई स्थापित गर्न र शैक्षिक गन्तब्यको रूपमा विकास गर्न निजामती आवासिय विद्यालयलाइ कर्मचारीको र सर्वसाधारणको रोजाइको विध्यालय बनाउन प्रदेश सभा सदस्यको तर्फबाट निरन्तर प्रयास र खवरदारी गर्ने विशिष्ट अतिथि प्रदेश सभा सदस्य निरन राईले बताएकाछन् ।
यसैगरी धनकुटामा सञ्चालित निजामती आवासीय विद्ययालय प्रदेशको गौरवको आयोजनाको रूपमा समावेश गर्न र विस्तृत परियोजना प्रतिवेदन अनुसार प्रदेश सरकारका नीति तथा कार्यक्रम र बार्षिक बजेटमा समावेश गर्न निरन्तर प्रयास गर्ने प्रदेश सभा सदस्य ईन्द्रमणी पराजुलीले बताए ।


विद्यालयले आधुनिक शैक्षिक पद्धित र प्रक्रिया अनुसारका सिद्दान्त र विधि अनुसार विद्यालय सञ्चालन गरी कन्टेन्ट अफ एक्सिलेन्स बनाउन प्रयास गर्ने, विस्तृत परियोजना प्रतिवेदनले आवश्यकता देखाएका विषयमा स्रोत र साधानको सुनिश्चितताका लागि मन्त्रालयको तर्फबाट सहयोग गर्ने सामाजीक विकास मन्त्रालयका प्रदेश सचिव लक्ष्मि प्रसाद भट्टराईले प्रतिबद्धता जनाए ।
विद्ययालयको शैक्षिक भौतिक तथा व्यवस्थापकीय पक्षको विकासका क्षेत्र पहिचान र विद्यालय सञ्चालनका प्रकृयाका सम्बन्धमा उक्त कार्यक्रममा प्रा.डा. विनोद लुईटेल, प्रा.डा. कमल प्रसाद पौडेल र सहप्राध्यापक बलराम राया ले प्रस्तुतिकरण गरेका थिए । उनीहरूले आधुनिक शिक्षण पद्दति, विद्यालय सञ्चालनका अवधारणा र समग्र सुधारका क्षेत्र सम्वन्धि, विद्यालयहरूमा शिक्षक छनौट योग्यता, उत्प्रेरणा र पेशागत सहयोग, विद्यालय र सामाजिकिकरण प्रकृया, सिकाई र समाज रूपान्तरणमा विद्यार्थीको संलग्नता, शिक्षण र सिकाइलाई सँगसँगै लैजान गर्नुपर्ने प्रयास र गर्न सकिने योजनाका विषयमा प्रतुतिकरण गरेको प्रदेश शिक्षा निर्देशनालयका निमित्त निर्देशक कृष्ण प्रसाद पोखरेलले जानकारी दिए ।


प्रदेश सरकार सामाजिक विकास मन्त्री पाँचकर्ण राईको प्रमुख आतिथ्यता एवं सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव लक्ष्मी प्रसाद भट्राईको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सभा सदस्य निरन राई, ईन्द्रमणि पराजुली, जिल्ला स्थित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, शिक्षाविद्, शिक्षा विकास समन्वय ईकाइका प्रमुखहरू, निजामती आवासिय विद्यालयका शिक्षक विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!