कोकिला भण्डारी, धनकुटा
धनकुटा । दुर्गा लक्ष्मी परोपकार संस्थाले निःशुल्क स्वास्थ्य जाँच शिविर तथा खेलकूद सामाग्रीहरू बितरण कार्यक्रम धनकुटामा सम्पन्न गरेको छ ।
धनकुटा स्थित श्रीपञ्चमि पार्कमा रहेको बाल पुनस्थापना केन्द्रमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरको अवसर पारेर केन्द्रका बालबालिकालाई खेलकूद सामाग्री बितरण गरिएको दुर्गा लक्ष्मी परोपकार संस्थाका माहासचिब डा. सम्पदा श्रेष्ठले बताउनु भयो ।
उहाँका अनुसार कुनै पनि रोग सम्बन्धि रोगहरुको समुदाय स्तरमै गएर जनचेतना जागरण गर्न जरूरी भएकोले निःशुल्क सिविर सञ्चालन गरि स्वास्थ्य चेक जाचँ गरेका हौं ।
निःशुल्क स्वास्थ्य शिविरमा बालपुनरस्थापनाका बालबालिका, स्थानीयलगायत करिव ४० जनाले स्वास्थ्य जाँच गराएको संस्थाका कोषाध्यक्ष महेश श्रेष्ठ जानकारी दिनुभयो । सिविरमा स्वास्थ्य जाँच गराएकाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य परिक्षणका क्रममा डाक्टर सम्पदाले बताउनु भयो ।
दुर्गा लक्ष्मी परोपकार संस्था जिल्ला शाखा सभापति सरस्वति श्रेष्ठको सभापतित्व एवं बाल केन्द्रमा १७ बर्षदेखि बालबालिकाको सेवामा समर्पित ८१ बर्षीय मनमाया तामाङ्गको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको उक्त कार्यक्रममा केन्द्रका बालबालिकालाई स्वस्थ र शारिरिक रूपमा तन्दुरूस्त राख्न खेल आवश्यक भएको भन्दै फुटवल, भलिवल, गुडिया, डल, भाडाकुटि लगायतका खेलकुदका सामाग्रि समेत वितरण गरिएको संस्थाका केन्द्रीय अध्यक्ष ईश्वर श्रेष्टले जानकारी दिनुभयो ।
उक्त बालकेन्द्रिकृत बालबालिकाहरूकालागि आवश्यक खेलकुदका सामाग्रि सामाजीक अभीयान्ता ईश्मा श्रेष्टबाट हस्तान्तरण गरिएको थियो ।
उक्त कार्यक्रममा संस्थाका केन्द्रिय अध्यक्ष ईश्वर श्रेष्ठ, समाज सेवी मनोज नारायण श्रेष्ठ मीना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!