धनकुटा समाचारदाता ।
धनकुटा । पाख्रिबास नगरपालिकामा दादुरा रूवेला रोग विरूद्दको खोप अभियान सञ्चालन गरि खोप लगाईने भएको छ ।
धनकुटा जिल्लाको पाख्रीवास नगरपालिकामा यहि फागुन २९ गतेबाट चैत्र ३ गतेसम्म उक्त खोप लगाईने भएको हो ।
उक्त दिन ९ महिना देखि ५ वर्ष मूनिका वालवालिकाहरुलाई दादुरा रुवेला रोग विरुद्धको खोप लगाईने भएको पाख्रिबास नगरपालिकाले जनाएको छ । नगरको स्वास्थ्य शाखाले अभिमुखीकरण कार्यक्रमको आयोजना गरि वालवालिकाहरुलाई दादुरा रुवेला विरुद्धको खोप लगाईनेबारे जानकारी गराएको हो । राष्ट्रिय दादुरा रुवेला खोप अभियान अन्तर्गत नगरको सम्पूर्ण वडाका साविक २३ र थप २१ गरी जम्मा ४४ खोप केन्द्र मार्फत नगर भरिका १ हजार ६ सय २८ वालवालिकाहरुलाई खोप लगाउने तयारी गरिएको, प्रत्येक खोप केन्द्रमा एक स्वास्थ्यकर्मी सहित २ जना स्वंयमसेवक खटाईने पाख्रीवास आधारभुत अस्पतालका डाक्टर अंकित शर्माले जानकारी दिनुभयो ।
दादुरा रुवेलाको समस्या, यसका लक्षण, यसबाट बच्ने उपाय सहित जानकारी गराउदै खोप अभियान शुरू गर्न लागिएको स्वास्थ्य शाखाका सिअनमि ईशा राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!