कोकिला भण्डारी, धनकुटा
धनकुटा । संस्कृतिलाई लोपहुन नदिई बचाई राख्न धनकुटाको तमोर नदी किनारमा बसोबार गर्दै आएका माझी जातिले निक्कै खुसीयालीका साथ सामुहिक रुपमा लदि पूजा मनाएका छन् । लदी भनेको माझी भाषामा नदी अर्थात् कोशी हो । खोला तथा नदी किनारमा आश्रित हुने भएकाले डुंगा चलाउँदा, माछा मार्दा र नदीमा पौडी खेल्दा सुरक्षित हुने कामना गर्दै पहिले पहिले लदि पुजा गरिन्थ्यो । माझि समुदायका अगुवा नविन माझिका अनुसार लामो समयसम्म बन्द भएको सो पुजा अघिल्लो वर्ष साँगुरीगढी गाउँपालिका–३ कुसेटारमा मनाएकोमा यो वर्ष चौविसे गाउँपालिका–५ सदाममा निक्कै खुसीयालीपुर्वक मनाएका हौं । धनकुटाको साप्तिङटार, भैसे, लेगुवा, कुसेटार, याक्चाना, सदाम र सिम्सुवा लगायतका स्थानमा माझी जातिको बसोबास छ । खोला तथा नदी किनारमा बसोबास गर्ने माझी समुदायले फागुन महिनाको तेस्रो मंगलबार परम्परागत लदी पूजा मनाउने गरेका छन् । यसको मुख्य उदेश्य भनेको युवा पुस्तालाई आफ्नो संस्कृतीबारे जानकारी गराउनु पनि रहेको माझी समुदायको अगुवा देवी माझीको भनाई छ । माझी समुदायले लदी पुजा मनाउन थालेपछि धनकुटा स्थित पालिकाहरुले पनि चासो दिन थालेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताउनु भयो । पछिल्लो समयमा माझी जातिले मनाउने लदि पूजा क्रमशः लोप हुँदै गएको छ । यस्ता संस्कृति लोप हुनबाट बचाउन युवा पुस्ता लाग्न जरुरी देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!