कोकिला भण्डारी, धनकुटा
धनकुटा । धनकुटा नगरपालिकाका १० वटै वडामा कार्यरत कर्मचारीलाई तालिम दिई अव वडाबाटै व्यावसाय सम्बन्धी सबै काम गरिने भएको छ ।
नगरपालिकाले वडालाई अधिकार प्रत्यायोजन गरेर धनकुटा नगर क्षेत्रमा व्यवसाय दर्ता, नवीकरण लगायतका व्यवसाय सम्बन्धी सबै काम वडा कार्यालयबाटै गरिने भएको हो । सबै काम वडा बाट गर्ने गरि व्यावस्था मिलाएसँगै सेवाग्राहीहरूलाई शहज भएको छ भने दोहोरो राजस्व तिर्नु पर्ने बाध्यता समेत हटेको छ । विगतमा सिपमुलक तालिम सञ्चालन, उध्योग दर्ता लगायतको सेवालिन जाँदा वडाले पालिकालाई सिफारिस गरिदिदा राजस्व ३२० रूपियाँ लिने गरेको र पालिकाले घरेलुमा सोहि कामकालागि सिफारिस गर्दा पुन राजस्व तिर्नु पर्दा सेवा ग्राहीहरू मारका परेका थिए । अव भने एउटै कामकालागि एउटै राजस्व तिर्दा सेवा पाउँने भएसँगै सेवाग्राहिहरूमा खुसि छाएको छ ।
यसअघि व्यवसाय दर्ता, नवीकरण, नामसारी, कारोबार थप, लगत कट्टा, व्यवसाय तथा बहाल कर दाखिला लगायतका कामका लागि नगरपालिका कार्यालय नै पुग्नुपर्ने बाध्यता थियो । तर, अब व्यवसायसँग सम्बन्धी सम्पूर्ण काम वडाबाटै हुने गरी अधिकार प्रत्यायोजन गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार व्यवसायीहरूलाई सजिलो बनाउँन हामीले वडालाई अधिकार प्रत्यायोजन गरेका हौं । व्यवसायसँग सम्बन्धी कामका लागि अब नगरपालिका आइरहनु पर्दैन, वडाबाटै सबै काम हुन्छ,’ नगर प्रमुख तामाङले भन्नुभयो, ‘यसले व्यवसायीहरूलाई निकै सहज हुनेछ ।’ व्यवसाय दर्ताका लागि यसअघि वडा कार्यालयले सर्जमिन मुचुल्का गरेर नगरपालिकालाई सिफारिसको काम मात्र गर्दै आएको थियो ।
नगर कार्यपालिकाको निर्णयपछि व्यवसाय दर्ता, नवीकरणसहित व्यवसायसँग सम्बन्धित सबै काम वडाबाटै गर्न थालिएको धनकुटा–४ का वडाध्यक्ष जम्सेर छाराले जानकारी दिनुभयो ।
धनकुटा नगरपालिकाका राजश्व अधिकृत राजु गुरागाईँका अनुसार नगरमा करिब तीन हजार व्यवसाय दर्ता छन् । वार्षिक करिब दुई सय नयाँ व्यवसाय दर्ता हुने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!