कोकिला भण्डारी, धनकुटा
धनकुटा । श्रीपञ्चमि पार्क स्थित वालपुनरस्थापना केन्द्रका बाबुआमा विहिन अनाथ बालबालिकालाई वनभोज, अध्यन अवलोकनलगायतका विभिन्न कार्यक्रमका साथ दुर्गा लक्ष्मि परोपकार संस्थाले प्रजातन्त्र दिवस २०८० मनाएको छ ।
दिवसको अवसर पारेर धनकुटा जिल्लाको पाख्रिवास नगरपालिका–४ स्थित सिमसार तालतलैयाँ र तेह्रथुम जिल्लाको वसन्तपुर वजार नजिक रहेको चुम्लुङ्ग पार्कलगायतका क्षेत्रमा अध्ययन अवलोकन गरि प्रजातन्त्र दिवस २०८० मनाएको हो ।
अनाथ बालबालिकालाई धनकुटा जिल्लाको पाख्रिवास नगरपालिका–४ स्थित पर्यटकीय क्षेत्रमा विकासहुदै गरेको तालतलैयाँ सिमसार क्षेत्रमा विहानको चियानास्ता गराई तेह्रथुम स्थित वसन्तपुर मा रहेको चुम्लुङ्ग पार्क अध्यन अवलोकन भ्रमण गराएको थियो भने फर्किएर पुन सिमसारमै पुगेर नाचगानका साथमा रमाईलो गर्दै सोहि परिसरमा पकाएर बालबालिका सँगै सबैले खाएर वनभोज कार्यक्रमका साथमा प्रजातन्त्र दिवस मनाएको परोपकार संस्थाका केन्द्रिय अध्यक्ष (ईश्वर) लोकेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।


उहाँले आगामि दिनमा अनाथ बालबालिकालाई स्वास्थ्य र शिक्षालगायतका क्षेत्रमा सहयोग गर्न उक्त परोपकार संस्थाको अमेरिकामा पनि शाखा खोल्न अमेरिकामा अध्यनरत आफ्नी छोरी ईसा श्रेष्ठलाई संयोजक घोषणा गर्नुभयो ।
दुर्गालक्ष्मि परोपकार संस्थाका जिल्ला अध्यक्ष सरस्वती श्रेष्ठको अध्यक्षता एवं पाख्रिबास नगरपालिकाका नगर प्रमुख ज्ञान बहादुर गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन उक्त कार्यक्रममा परोपकार संस्थाको जानकारी, उद्ेश्य, वाल पुनरस्थापना सम्बन्धि जानकारी, भ्रमणको औचित्य, पञ्चकन्या गुफा, बाघखोर गुफा, मन्दरा गुफा, बाउन्नढोका, मुलघाटको पुरानो बाटो, ऐतिहासिक कुराहरूलाइ खोजि गर्दै प्रचारप्रसारमा लागि पर्दै पथयात्रा गरिरहेको लगायतका विषयमा जानकारी गराइएको थियो ।
आत्मा साक्षी राखी, मन बचन र कर्मले सेवा गरौं भन्ने नाराका साथ अगाडि बढेको यस संस्थाले स्थापनाकालदेखि नै अनाथ बालबालिकाको शिक्षा दिक्षा, असहय, अशक्तलाई सहयोग, सिपमुलक तालिम सञ्चालन लगायतका विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।
पाख्रिबासमा रहेको नमुना हवाईजहाजमा बसेर सम्पन्न औपचारीक कार्यक्रममा जीवन उदास, महेश प्रसाद श्रेष्ठ, मनोज नारायण श्रेष्ठ, लोकेन्द्र कुमार श्रेष्ठ लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!